खाँचीकोटमा खानीगाउँको श्री मुक्ति आधारभुत विद्यालयको अक्षयकोषमा ५१ हजार रुपैयाँ हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडानम्बर २ कि वडासदस्य मिनादेवी सावदले आफ्नो जन्मभुमि सन्धिखर्क नगरपालिका वडा नम्बर ७  खाँचीकोटको खानीगाउँमा अवस्थित श्री मुक्ति आधारभुत विद्यालयमा आफ्नो बुबा धन बहादुर नेपाली र आमा केतुकला नेपालीको सम्झनामा बिहिबार अक्षयकोष स्वरुप रु ५१ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
 ७ नम्बर वडा अध्यक्ष प्रितम थापा र वडा नम्बर २ का अध्यक्ष मोति जंग रायमाझीको रोहवरमा उक्त विद्यालयका प्रअ नित्यानन्द चँुदालि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पन्थीलाई संयुक्तरूपमा उक्त राशि हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा संयुक्त दलित अधिकारकर्मी संजालका संयोजक बिष्णु परियार,जिल्ला बाल संगठन अर्घाखाँचीका अध्यक्ष कुल बहादुर नेपाली ,वडा सदस्यहरु बिष्णु प्रसाद भुसाल ,रामु खनाल ,कृष्ण नेपाली र जेम्स नेपालीको उपस्थित रहेको थियोे । उक्त अक्षयकोष दलित ,जनजाति र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप प्रदान गरिने बिष्णु परियारले जानकारि दिनुभएको छ ।

अन्य समाचारहरु