सन्धिखर्कमा बाबु छोराको एक हप्ताको अन्तरमा मृत्यु

 अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बाबु छोराको एक हप्ताको अन्तरमा मृत्यु भएको छ ।
 जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ जोगिमारेका युवा व्यवसायी कृष्ण आचार्यको कोरोना संक्रमण बाट गत कार्तिक २५ गते भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो ।
कृष्ण सदरमुकाम सन्धिखर्कमा केही बर्ष यता आफ्नो दुध डेरी व्यवसाय गदै आएका थिए ।
यस्तै स्वः कृष्णका बुबा हुमकान्त आचार्यको गत मंगलबारका दिन ७ दिनको अन्तरमा  आफ्नै निवास सन्धिखर्क नगरपालिका वडा नम्बर ११ जोगिमारेमा मृत्यु भएको हो ।