अर्घाखाँचीमा भईरहेका विकासबारे जनप्रतिनिधिको चासाे

गणेश खनाल
मालारानी, अर्घाखाँची ,मसिर ५ ।  राष्ट्रिय सभा सदस्य माननीय चन्द्रबहादुर खड्का,प्रदेश सांसद माननीय चेतनारायण आचार्य, पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य द्वय नरेन्द्रकुमार क्षेत्री र तोजबहादुर रायमाझी ,नेकपा कार्यलय सदस् पिताम्वर भुसाल सहितको टोलीद्वारा मालारानी गापा अन्तरगत केन्द्र प्रदेश र गाउँपालिकाद्वारा संचालित विभिन्न विकास योजनाकाे अनुगमन गर्नुभएकाे छ।
अनुगमन गर्ने क्रममा,खनदह बजारमा निर्मित पिचबाटो र पार्क,रिडि सुर्खेत सडक अन्तर्गत मालारानी क्षेत्रको ग्रावेलबाटो,६ नं वडाको गोपिचौरमा निर्मित जनता आवास कार्यक्रमका घरहरू, रतनमारेमा निर्माणाधीन चिस्यान घर(कोल्ड स्टोर),सन्धिखर्क-हिले-देउराली-बजेरी-गुफा-खनदह बाटो अन्तर्गत निर्माणाधीन मालारानी-५ बाँगी खण्डको सडक, शान्ति मावि बाँगीको अवस्था, मालारानी-५ बाँगीमा निर्माणाधीन १००टन क्षमताको चिस्यान घर,सिख्रेमा अवस्थित मंगुर फर्म र सयघाट बाँगीमा निर्माणाधीन पक्की मोटारेवल पुलको भए गरेका कामको अनुगमन,निरीक्षण, निर्देशन दिनु भएकाे छ । 
साथै गुनासा र सुझावहरूको समाधानको प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ ।