अमेरिका, युरोपमा कोरोनाविरुद्वको खोप प्रयोगका लागि फाइजर र बायोएनटेकद्वारा अनुमति माग

एपी फोटो
कोरोनाविरुद्धको खोप उत्पादक कम्पनी फाइजर इंकले आकस्मिक अवस्थामा कोरोनाविरुद्धको खोप प्रयोग गर्ने मागसहित अमेरिकी नियामक निकायमा अनुमति मागेको छ । 
फाइजर इंकले केही दिनअघि सहयोगी जर्मन कम्पनी बायोएनटेकको सहकार्यमा उत्पादन गरेको खोप फाइजरले ९५ प्रतिशत काम गरेको दाबी गरेको थियो । 
आफूले उत्पादन गरेको खोप पूर्ण सुरक्षित रहेको दाबीसहित कम्पनीले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडिए) सँग प्रयोगका लागि अनुमति मागेको हो । फाइजरले अमेरिकामा जस्तै युरोप र बेलायतमा पनि अनुमति मागेको छ । 
अनुमति माग गरेसँगै आवेदन प्रक्रियामा गएको छ । अब एफडिएका सल्लाहकारबीच यस विषयमा छलफलपछि मात्रै निर्णय हुने जनाइएको छ । एजेन्सी