अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभरका पालिकामा विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ८ औ पार्टी स्थापना दिबस मनाउने भएको छ ।
विप्लब नेतृत्वको नेकपा जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्क नगर समितिले र भुमिकास्थान नगर समिति जिल्लाका विभिन्न स्थानमा ८ औ पार्टी स्थापना दिबस तथा पार्टी पुर्नगठनको सन्दर्भमा व्यानर टाँसेको छ ।
पार्टीको स्थापना दिबसलाई भब्य सभ्य रुपमा मनाउन र क्रान्तिको उचाईलाई जनताको सामु जागरुक बनाउनको लागि प्रत्येक वडा का सार्बजनिक स्थलमा व्यानर पोष्टर टाँसिएको विप्लब नेतृत्वको अर्घाखाँचीका नेता नविन खड्काले बताउनुभयो ।
नेता खड्काले जनता अहिलेको सत्ताबाट आजित भएकोले जनताको बिकल्पको शक्तिको रुपमा आफ्नो पार्टी आएको बताउनुभएको हो । यता नेकपाले मंसिर ८ गते देश व्यापी रुपमा ८ औ स्थापना दिबस मनाउन लागेको छ ।