अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गाेरुसिङे सडक खण्ड लगायतका विभिन्न ठाउँमा सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई प्रहरीको दुर्घटना न्युनिकरण प्रशिक्षण जारी राखेको छ ।
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अभियान अन्तर्गत आज आइतवार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेत बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले जिल्लाको बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँचको क्रममा बिभिन्न सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई समेत सडकमै जम्मा गरी दुर्घटना न्युनिकरण, सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने शाब्धानि,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस सम्बन्धि सर्बसाधरण हरु १ पटकमा २० जना र चालक सहचालक १ पटकमा २५ जना गरी जम्मा २ पटकमा ४५ जनालाई सडकमै जम्मा गरी प्रशिक्षण दिएको थियो ।
सोही अवसरमा बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।