अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा व्यक्तिगत घटना दर्ता अभिलेख डिजिटाइजेशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
यो संगै अब मालारानी गाउँपालिकाका वडाहरुमा रहेका ब्यक्तिगत घटना सम्बन्धी अभिलेख २ महिनाको अवधिमा डिजिटाइज हुने भएका छन् ।
मालारानी गाउँपालिकाले जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका घटना डिजिटल प्रविधिमा राख्न लागेको हो ।
मालारानी गाउँपालिकामा पाँचै किसिमका व्यक्तिगत घटना दर्ताको काम डिजिटल प्रविधिमा राख्ने काम शुरु गरेको छ । जसमा ‘जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका घटनालाई अब व्यवस्थित गर्न लागेको हो ।
हालसम्म कर्मचारीले रजिस्टरमा दर्ता गर्ने प्रणाली प्रयोग गर्दै आएका छन् ।
विद्युतीय प्रविधिबाट काम सुरु गरेपछि बालबालिका, युवा, महिला र वृद्धवृद्धा सबै नागरिकका सूचनासमेत व्यवस्थित हुने गाउँपालिकाको भनाई छ ।