अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गरिने भएको छ ।
सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका जिल्लाका ६ पालिका मध्ये ४ वटा स्थानीय तहमा यही मंसिर १५ गते एकैदिन अस्पताल निर्माणको शिलान्यास गरिने भएको हो ।
जिल्लाका ४ वटा स्थानीय तह शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गरिने छ । यि सबै पालिकामा १५ सैयाको अस्पताल निर्माण गरिने छ ।
यि ४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यासको लागि तयारी भईरहेको छ ।
अर्घाखाँचीको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो । कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीति समेत संशोधन गरिसकिएको छ ।
सङ्घीय सरकारले उपलब्ध गराएको बजेटमा पालिकाले अस्पताल निर्माण गर्नेछ ।