सन्धिखर्कमा पारिवारिक श्रोतमा स्थानीय समुदायको अधिकार बिषयक अन्तरक्रिया सम्पन्न

सागर परियार
सन्धिखर्क ९ मंसिर  २०७७ ।  पारिवारिक नीजि वन (एफोन) को आयोजनामा पारिवारिक श्रोतमा स्थानीय समुदायको अधिकार बिषयक् अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा एफोनका केन्द्रीय न्यायिक बिभागका सदस्य राम मल्ल ठकुरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रमुख अथिति ठकुरीले पारिवारिक वन सरकारले राखेका लक्ष्य पूरा गर्ने साझेदार निकाय भएको बताउनुभयो । उहाँले सरकारको कतिपय नीतिका कारण आफैले हुर्काएको वनबाट जनताले लाभ लिनबाट बञ्चित हुदै आएको बताउनुभयो । 
      कार्यक्रममा निमित्त डिभिजन वन प्रमुख शिला पाख्रेलले सरकारले सामुदायिक वनसंगै अहिले नीजि वनको अवधारणा ल्याएको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयमा पारिवारिक नीजि वन दर्ता गर्न सुझाब समेत दिनुभयो । 
कार्यक्रममा एफोनका प्रदेश सदस्य बिष्णु प्रसाद पौडेल, फेकोफन जिल्ला अध्यक्ष रामचन्द्र पोख्रेल, पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो । 
  कार्यक्रममा एफोनका जिल्ला सचिव खिमानन्द खनालको अध्यक्षता र केशब मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नयाँ कार्य समिति निर्माण 

यस्तै पारिवारिक नीजि वन (एफोन) को भेलाले नयाँ कार्य समिति समेत निर्माण गरेको छ । 
खिमानन्द खनालको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्य समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा दिपक कुवँर, सचिवमा भरत शाह, कोषाध्यक्षमा माया पौडेल लगायतका रहुनभएको छ ।