अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट एक युवा बेपत्ता भएका छन् ।
गुल्मी जिल्लाको मदाने गाउँपालिका वार्ड नम्बर २ लेखका ३२ वर्षिय सुर्य बहादुर खड्का मंगलबार बिहान १०:०० बजेदेखि सन्धिखर्कबाट बेपत्ता भएका हुन् ।
आफन्त श्याम खनालले दिएको जानकारी अनुसार खड्का बिहान फुदबाङ र आँटिकापाटा बिचमा पर्ने अउलाखोला क्षेत्रबाट हराएका छन् ।
मानसिक सन्तुलन कमजोर रहेका खड्काले गुल्मीको पुर्कोट जाने जीपमा बुटवलबाट आउँदै गर्दा अउलाखोला पिसाब गर्न जान्छु भनी ओर्लिएका थिए ।
ओर्लिएको लामो समयसम्म नआउँदा उक्त क्षेत्रमा खोजी गर्दा उनलाई फेला पर्न नसकिएको परिबार आफन्तहरुले बताए । साथै कसैले देखेमा नजिकको प्रहरीलाई जानकारी गराउन परिवारले अनुरोध गरेको छ ।