अर्घाखाँचीका ६ स्थानीय तहमा केही विद्यालय खुले, कयौ अझै अन्योलमा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका छ स्थानीय तहले बन्द रहेका विद्यालय पुनःसञ्चालन गरेका छन् । कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको हो । तर जिल्लाका कयौ विधालयहरु अझै खुल्न सकेका छैनन् । 
सन्धिखर्कको अर्घाखाँची आवासीय माध्यमिक विद्यालय खुल्यो (फोटो फिचर)
स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने तयारीमा जुटेका छन् । लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीमा कोरोना सङ्क्रमणको जोखिम भने बढेको छ ।
सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका,  भूमिकास्थान नगरपालिका,  मालारानी,  पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर केही विद्यालय खुलाएका छन् ।  विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मलगन चलाउने सीप, स्यानिटाइजर प्रयोगलगायतका बारेमा विद्यालयले तोकेका फोकल पर्सन (शिक्षक)लाई राखेर तालिम दिएर विद्यालय सञ्चालनमा ल्याएको हो ।
सन्धिखर्कको अर्घाखाँची आवासीय माध्यमिक विद्यालय खुल्यो (फोटो फिचर)
विढालयहरुमा बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन नगर्ने, भौतिक दूरी कायम गरेर बस्ने नियम बनाइएको छ ।  
यस्तै विद्यार्थीलाई ज्वरो आएमा निको नभएसम्म विद्यालय नआउने व्यवस्थाका लागि फोकल पर्सन तोक्ने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउने, पाठ्यपुस्तक, कापीकलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका २९ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिइएको ति पालिकाले जानकारी गराए । 
उता जिल्लाभरका पालिकाले भने अहिलेसम्म अवरुद्ध केही विद्यालय पुनःसञ्चालन गराउने मिति तय गरेको छैन तर पठनपाठनलाई नियमित गराउन अन्तरिक तयारी गरिरहेको जनाएको छ । पठनपाठनलाई सुरक्षित तरिकाले सञ्चालन गराउन भौतिक तथा शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाई निर्देशन दिइएको उनिहरुले बताएका छन् । 
सन्धिखर्कको अर्घाखाँची आवासीय माध्यमिक विद्यालय खुल्यो (फोटो फिचर)
साथै केही विधालयले विद्यार्थीको चापका आधारमा सिफ्ट बनाएर भौतिक दूरी कायम गर्दै मास्क अनिवार्य लगाउने व्यवस्था मिलाएर पठनपाठन शुरु गर्ने तयारी गरेका छन् । 
लामो समयदेखि बन्द रहेको विद्यालयलाई पुनः नियमित पठनपाठन सञ्चालन गर्न स्थानीय तहले निर्देशन दिए पनि विद्यार्थी सङ्ख्या भने कम मात्र सहभागी हुने गरेको शिक्षकहरुले बताएका छन् । जिल्लाका कतिपय विद्यालयमा अध्ययनरत विद्यार्थी घर गएकाले पनि आउन बाँकी रहेको उनीहरुको भनाइ छ । 