काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ।
जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै उडान खोल्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
यस्तै बैठकले तीनजनालाई सचिवमा बढुवा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको बैठकमा सामेल मन्त्रीले जानकारी दिए। देशसन्चारमा समाचार छ ।