पाणिनीमा स्वास्थ्य मापदण्ड पुरा गर्दै कक्षा १२ को परिक्षा संचालन, स्वास्थ्य चौकी प्रमुखवाटै स्वास्थ्य जाँच
मंसिर ११ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
(अर्घाखाँची डटकम /व्युरो रिपोर्ट ।) नेपालभर जस्तै अर्घाखाँची जिल्लाकोपाणिनी गाँउ पालिकामा पनि कक्षा १२ को वार्षिक परिक्षा शान्तिपूर्ण रुपमा सुरुभएको छ । नेपाल सरकारले अवलंब गरेको स्वास्थ्य मापदंड पुरा गराउदै दोस्रोदिन नेपाली विषयको परिक्षा सम्पन्न भएको छ ।
पाणिनी स्थित हरिहर मावी र नेपाल राष्ट्रीय मावीको परिक्षा केन्द्रमा वडामारहेका स्वस्थ्य चौकी प्रमुख स्वास्थ्य कर्मी मार्फ़त ज्वरो मापन,हैन्ड सैनेटाईजर रमाक्स को प्रयोग अनिवार्य लगाएर परिक्षार्थी स्वस्थ छ भन्ने प्रमाणित गरेपछिमात्र परिक्षा कक्षामा प्रवेश गराएको पोखराथोक स्वास्थ्य चौकी प्रमुख धुव्रराजघिमिरेले जानकारी गराउनु भएको छ ।
यस्तै पाल्पा जिल्लाको सिमाना नजिक रहेको पाणिनी गाँउ पालिका वडा नं १स्थित नेपाल राष्ट्रीय मावी मा पनि सवै परीक्षार्थीलाई पणेना स्वास्थ्य चौकीप्रमुख पितम्वर पोखरेल नै उपस्थित भई स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र परिक्षाहलमा प्रवेश गराईएको जानकारी गराउनु भएको छ ।
नेपालभर एकसाथ विहान ०८ वजेदेखी संचालन भईरहेको कक्षा १२ को परिक्षायस केन्द्रमा पनि मर्यादित रुपमा संचालन गरिएको पणेना स्थिति नेपाल राष्ट्रीयमावी पणेनाका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष पुष्कर पोखरेल ले अर्घाखाँचीडटकम् लाई वताउन भएको छ ।
एक विद्यालय एक विद्यार्थी प्रणाली वमोजिम नै विद्यार्थी राखिएको छ । यसकोसाथसाथै पाणिनी गाँउ पालिका वडा नं २ हरिहर मावी मा दैनिक फरक-फरकहलमा राखिएको छ । यसैलाई पनि अझ व्यावस्थापन गर्दै हुन सक्ने संकास्पदअस्वस्थ परिक्षार्थीको लागी पनि फरक हलको व्यावस्था गरिएको हरिहर मावीका केन्द्राध्यक्ष विष्णु प्रसाद पोखरेलले वताउनु भएको छ ।तस्वीर चोलनाथ पौडेल/अर्घाखाँची डटकम ।