गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले नव आगतुक कर्मचारीलाई स्वागत तथा सरुवा हुने राष्ट्रसेवक कर्मचारीहरुको विदाई तथा स्वागत कार्यक्रमको शुरुवात गरेको छ ।
सुरूवातकाे पहिलाे दिन कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक रामबहादुर के.सी. र जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय प्रमुख हरि प्रसाद घिमिरेको विदाई र जिल्ला सरकारी वकिल कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका निराजन शर्माको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा विदाई भई जान लाग्नु भएका प्रमुख कोष नियन्त्रक रामबहादुर के.सी.ले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले शुरु गरेकाे नयाँ कार्यले निजामती तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च हुने बताउनुभयाे ।
कार्यक्रम ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनालको अध्यक्षता, सचिव विवेक पन्तको संचाल र उपाध्यक्ष बलराम मिश्रको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।
साथै कर्मचारीहरुको आधिकारी ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले थप जिल्ला भित्रिने प्रमुख नाकाहरुमा स्वागत तथा परिचयात्मक होर्डिङ्ग बोर्ड राख्ने निर्णय गरेकाे ट्रेड युनियनका कोषाध्यक्ष कृष्ण वर्माले बताउनु भयो ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनाल भए पश्चात आधिकारिक ट्रेड युनियनको जिल्लामा रचनात्मक कामकाे सुरूवात गरेकाे कर्मचारीहरुले बताएका छन । आधिकारिक ट्रेड युनियनले जिल्ला समन्य समितिको कार्यालयमा आफ्नो कार्यालय स्थापना गर्दै विभिन्न रचनात्मक क्रियाकलाप गर्न थालेको छ । साथै यस आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हक हितमा लाग्नलाई सबैबाट सकरात्मक दवाव तथा सुझाव र सहयोग गर्न अध्यक्ष झविन्द्र खनालले सबैमा आव्हान गर्नु भएको छ ।