सन्धिखर्कमा महालक्ष्मी लाईफ इन्सुरेन्स लिमिटेडकाे अभिकर्ताहरूलाई तालिम र अभिमुखिकरण सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा महालक्ष्मी लाईफ इन्सुरेन्स लिमिटेड शाखा कार्यालय अर्घाखाँचीकाे अभिकर्ताहरूलाई तालिम र अभिमुखिकरण सम्पन्न भएको छ । 
सन्धिखर्कमा महालक्ष्मी लाईफ इन्सुरेन्स लिमिटेड शाखा कार्यालय अर्घाखाँचीकाे आयोजनामा अभिकर्ताहरूलाई तालिम र अभिमुखिकरण सम्पन्न भएको हो । 
कार्यक्रममा अघिल्लो महिनामा स्कीम जितेका अभिकर्ताहरूलाई झाेला , डायरी, व्याग , चार्दीकाे सिक्का र नगद वितरणसँगै नयाँ अभिकर्ता प्रमाणपत्र वितरण गरिएको थियो । 
कार्यक्रममा केन्द्रबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ, मार्केटिङ हेड प्रशान्त धमला लगायतको उपस्थिती रहेको थियो ।