ठाडामा ल्याण्ड लाइन टेलिफोन बिस्तार शुरु

अराज बेल्बासे
ठाडा, अर्घाखाँची । नेपाल टेलिकम अर्घाखाँचीले जिल्लाको शितगंगा नगरपालिकाको ठाडामा ल्याण्ड लाइन टेलिफोन बिस्तार शुरु गर्ने भएको छ ।
 शितगंगा गरपालिका वडा नम्बर ४ को  नेपाल विधुत प्राधीकरणको निर्माणाधिन सब स्टेसन गोर्थुम देखि देखी शितगंगा नगरपापिलका ३ को ठाडा डमरु दहको रेडियो शितगंगा सम्म मुख्य सडक को दायाँ बायाँ बढिमा २०० मिटर को क्षेत्रमा आधारभुत टेलिफोन एक्त्ल् तथा ब्म्क्ी सेवा वितरण गर्न लागीएको हो नेपाली टेलिकमले  इच्छुक व्यक्ति वा संघ संस्थाले नेपाल टेलिकमको लाइन बितरण कार्य गर्न खटिएका कर्मचारीहरुसंग ठाडा अमराइ मा सम्पर्क राख्न अनुरोध गरेको छ ।
टेलिफोन जडान गर्नको लागि  सरकारी कार्यलको लागी टेलिकम कार्यलयबाट उपलब्ध गराइने फर्ममा कार्यलको छाप सहित कार्यलय प्रमुखले हस्ताक्षर गर्नु पर्ने छ ।
संघ सस्था भएमा संस्था दर्ता प्यान वा भ्याट मा दर्ता प्रमाणपत्र तथा संस्था प्रमुखको नागरीक्ताको  प्रमाणपत्रको प्रतिलिपि र एक प्रति फोटो  आबश्यक पर्ने यस्तै  व्यक्तिको लागी नागरीक्ताको प्रमाणपत्रको प्रतिलिपि र एक प्रति फोटो र फारम भर्नु पर्ने छ । आवश्यक दस्तुर  ीबलम लिभ को लागी रु १६३५ , ब्म्क्ी सेवाको लागी रु १००० रजिष्टे«सन शुल्क लाग्ने छ। 

अन्य समाचारहरु