डट्कम संवाददाता
बुटवल – देशमा संघीयता आवस्यकता र औचित्य नभएको भन्दै त्यसको खारेजीको लागि लामो समय देखि आन्दोलनरत राष्ट्रिय जनमोर्चाले देशभरी मंसिर १४ गते बिरोध सभाको आयोजना गरेको छ।
बुटवलको ट्राफिक चाेकमा हुने बिराेध सभालाई राष्ट्रिय जनमाेर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी लगायतका प्रभावशाली नेताहरुले सम्बाेधन गर्ने राष्ट्रिय जनमाेर्चा रुपन्देही जनाएको छ।
राष्ट्रीय जनमोर्चाले देसभरी नै संघीयता खारेजी,गणतन्त्रको रक्षा,भ्रस्टाचारको अन्त्य लगायतका माग गर्दै कार्यक्रम आयोजना गरेकाे जनमाेर्चाले जनाएको छ।