अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्धारा संघीयता खारेजीको लागि मंसिर १४ गते विशाल सभाको आयोजना

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा देशमा संघीयता आवस्यकता र औचित्य नभएको भन्दै त्यसको खारेजीको लागि लामो समय देखि आन्दोलनरत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंसिर १४ गते बिरोध सभाको आयोजना गरेको छ।
सन्धिखर्कको शान्ती बगैचा हुने बिराेध सभालाई राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी लगायतका प्रभावशाली नेताहरुले सम्बाेधन गर्ने राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले जनाएको छ।
सोही दिन राष्ट्रिय जनमोर्चाले देशभरी नै संघीयता खारेजी, गणतन्त्रको रक्षा, भ्रस्टाचारको अन्त्य लगायतका माग गर्दै कार्यक्रम आयोजना गरेकाे जनमाेर्चाले जनाएको छ।