अर्घाखाँचीडट्कम संवाददाता
सुपा देउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिरमा दर्शनार्थीहरूको भीड बढेको छ ।
चैत्र महिनादेखि बन्द रहेको खुलेसँगै यहाँको सुपादेउराली मन्दिरमा पछिल्लो समय दर्शनार्थीहरूको भीड बढेको हो । भक्तजनको आज शनिबार भीड बढेको देखिन्थ्यो । यहाँ यतिबेला छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका छन् ।
दर्शनार्थीहरू ‘मन्दिरमा पूजा गरेपछि नरपानी र खाँची लेकमा पुग्छन् । त्यहाँबाट हिमाल हेर्ने र फोटो खिच्ने गर्छन् ।’
छिमेकी जिल्लाबाट तीर्थालुहरु गाडी नै रिजर्भ गरेर आउने गरेका छन् ।
यहाँ वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ।
फोटोहरु: सामाजिक सन्जालबाट