ढिकुरा-डेभाको श्री भगवती माविका गरिव विधार्थीलाई खाद्यान्न,शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
डेभा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको डेभामा पुर्ण सरसफाई उन्मुख टोल घोषणाको कार्यक्रम सम्पन्न भएको छ ।  
सो अवसरमा डेभामा रहेको श्री भगवती माध्यमिक बिधालयमा आर्थिक अवस्था कमजोर र जेहेन्दार विधार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न भएको छ । 
ढिकुराको डेभामा रहेको श्री भगवती माध्यमिक बिधालयमा कक्षा ८ मा अध्यनरत आर्थिक अवस्था कमजोर र जेहेन्दार विधार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न भएको हो ।
प्राग अर्घाखाँचीका सदस्य कबिता घिमिरेको सहयोगमा कक्षा ८ मा अध्यनरत नवीन नेपाली र बिक्रम नेपालीलाई प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको थियो । 
प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रममा गरपालिकाका प्रमुख रेशम थापा, वडाअध्यक्ष नारायण खनाल लगायतको उपस्थिती रहेको थियो ।