संघीयता खारेजी माग गर्दै अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्धारा बिरोध सभा सम्पन्न (फोटो भिडियो सहित)
मंसिर १४ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिरोध सभा सम्पन्न गरेको छ।
संघीयताको खारेजी राष्ट्रियताको रक्षा , कोभिड महामारिमा सरकारको लापरबाहि अनियमितता र भ्रष्टाचारको बिरुद्ध गरिएको कार्याक्रममा जनमोर्चा जिल्ला पार्टी कार्यालय मसाल बजारबाट निस्किएको मौन जुलुस सन्धिखर्कको शान्ति बगैंचामा पुगेर बिरोधसभामा परिणत भएको थियो ।
बिरोधसभाको सन्चालन राष्ट्रिय जनमोर्चाका जिला सचिब बाबुराम पन्थि सुनारले गरेका थिए भने रा. ज .मो .जिल्ला प्रबक्ता पशुपति ढकाल र रा. ज. मो. जिल्ला अधक्ष्य थम्मन के.सीले सम्बोधन गरेका थिए ।
सभामा सम्बोधन गर्दै प्रबक्ता ढकालले बर्तमान सरकार भ्रस्टाचारमा लिप्त भएको जनाए । सरकार जनताका समस्या प्रति उदासिन बनेको जोड दिदै उनले संघीयता देशको लागि अभिसाप बनेको बताए ।
यस्तै सभाको सम्बोधन गर्दै रा.ज. मो. जिल्ला अधक्ष्य के.सीले देशको बर्तमान अबस्था कहालीलाग्दो भएको बताए । सरकार ओमनिको माध्यमबाट भ्रस्टाचारमा लिप्त भैरहेको र जनताको जिबन उत्थानका बिसयमा मौन भएको बताए । उनले सरकार रास्ट्रघात तर्फ उद्दत भएको बताउदै उनले नयाँ नक्सा पाठ्यक्रममा राख्ने प्रक्रिया रोक्नुनै रास्ट्रघातको ताजा उदाहरण भएकोमा जोड दिए ।
अर्घाखाँचीमा कोभिड-१९ बाट युबाहरुको निधन हुँदा पनि प्रशासन मौन भैरहेको बताउदै उनले ठुला ठुला मुर्ति र सडकका नाममा लगानि गर्न सक्रिय हुने तर जनस्वास्थ्यको बिसयमा किन उदास ? भनेर प्रश्न गरे।
संघीयताका नाममा प्रदेश राजनितिक भर्तिकेन्द्र बनेको बताउदै उनले देशलाइ आर्थिक भार पुर्याउने काम मात्रै भएको उल्लेख गरे ।
कालापानी ,लिपुलेक ,लिम्पियाधुरा हाम्रो हो भनेर जनमोर्चाले भन्दा हास्ने ने. क. पा. र काङ्ग्रेसका साथीहरूले पछि कुरा बुझेको उल्लेख गर्दै अधक्ष्य के.सीले अब धेरै ढिलाइ गर्न नहुने कुरामा जोड दिएका थिए।