अर्घाखाँचीमा राजतन्त्र फर्काउन माग | शितगंगामा राजसंस्था पुर्नस्थापनको माग गर्दै र्या‍ली

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगामा हिन्दु राष्ट्र र राजतन्त्र पुर्नस्थापनको माग गर्दै र्या‍ली निकालिएको छ । नागरिक समाजको अगुवाइमा र्या‍ली निकालिएको हो ।
र्यालीले अमराई, ठाडा बजार लगायतमा परिक्रमा गर्दै ठाडामा आएर कोणसभामा परिणत भएको थियो ।
देशव्यापी अभियनको क्रममा राजतन्त्र तथा हिन्दू राष्ट्रको लागि ¥याली आयोजना गरिएको आयोजकले बताए ।
र्या‍लीमा राप्रपा, शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायतमा आबद्ध व्यक्तिको सहभागिता रहेको थियो।
¥यालीमा सहभागिले राजा आऊ देश बचाऊ, २०४७ सालको संविधान पुर्नस्थापना गर, गणतन्त्र खारेज गर लगायतका नारा लगाएका थिए । विगतका केही दिनदेखि देशका विभिन्न ठाउँमा राजा र राजतन्त्रको समर्थनमा र्या‍ली जुलुस निकालिंदै आएको छ ।

अन्य समाचारहरु