अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित बाँगी खोलामा एक जना मानिस मृत अबस्थामा भेटिएका छन् ।
सन्धिखर्क स्थित बाँगी खोलाको सोन्ठेमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हस्पिटल लाइनका ५५ वर्षिय लक्ष्मण न्यौपाने मृत अबस्थामा भेटिएका हुन् ।
ऊनी हिजो आइतबार दिउँसो ४ बजेदेखि घरबाट निस्किएको र घरमा नगएको परिबारले जनाएको छ ।
उनको शब आज सोमबार बिहान सन्धिखर्कको सोन्ठे स्थित बाँगी खोलामा भेटिएको थियो । न्यौपानेको खोलामा लडेर निधन भएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुमान रहेको छ ।
शबको थप अनुसन्धान र पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको छ ।