खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहको चोरकाटेको डाँडामा १५ सैयाको आधारभूत अस्पताल निर्माणको शिलान्यास भएको छ ।
खनदहको चोरकाटेको डाँडामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको सोमबार शिलान्यास भएको हो ।
सो अवसरमा पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गरेको राष्ट्रीय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले बताउनु भयो । आज मालारानी गाउँपालिकाको खनदह स्वास्थ्य चौकिको स्तर उन्नती गरि १५ शैययाको अस्पताल भवन निर्माणको शिल्यानास गर्दै खड्कले बर्तमान सरकारले जनपक्षिय काम गरेको बताउनु भयो । अर्घाखाँची जिल्ला बिकाश निर्माणको काममा नमुना भएको नेता खड्काले बताउनु भयो ।
निर्बाचनको समयमा जनता बिच गरेका प्रतिबद्धता पु्रा गर्ने गरि काम गरि रहेको नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले बताउनु भयो । संघियता कार्यन्वयको चरणमा जनताको घर दैलोमा सेबाहरु आएको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले बताउनु भयो । मालारानी गाउँपालिकाको सम्बृद्धिका लागी सरोकारवाला सबैले चासो दिनु पर्नेमा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । आफनै कार्यकालमा स्वास्थ्य संस्था सम्पन्न गरेको रिबन काटेर उद्धघाटन गर्ने लक्ष्य रहेको मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताउनु भयो ।
कार्यक्रममा जिल्ल समन्वय समितीका प्रमुख पिताम्बर शर्मा , प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल , नेकपा मालारानीका अध्यक्ष शालिकराम आचार्य , नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधी कृष्ण खनाल , राजमोका प्रतिनिधी शन्देश खनाल , राप्रपाका प्रतिनिधी रणबहादुर खनाल , राजपाका प्रतिनिधी महेन्द्र बि.क , स्थानीय महेन्द्र बिक लगाएतले शुभकामना मन्तव्य राख्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण निर्णय भएको भन्दै १५ शैयाको अस्पताल निर्माणले पालिकाबासीलाई स्वास्थ्य सेबा लिन सहज हुने बताउनु भयो ।
कार्यक्रम पालिका अध्यक्षबालकृष्ण आचार्यको अध्यक्षता , प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्तीको स्वागत मन्तव्य र पालिकाका स्वास्थ्य संयोज भबिश्वर खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।