बिष्णु खनाल
बल्कोट, अर्घाखाँची । छत्रदेब गाउँपालिकाको बल्कोटमा १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ ।
अस्पतालको एक कार्यक्रमकाबिच आज गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले शिलान्यास गर्दै गाउँमै अस्पताल निर्माण भएपछि जनताहरुलाई स्वास्थ्य उपचारको लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भयो । उहाले संघिय सरकारबाट ३ करोड रकम विनियोजन भैसकेकाले केहि वर्षमै योजना सम्पन्न हुने बताउनु भयो ।
शिलान्यास कार्यक्रममा छत्रदेब गाउँपालिका उपाध्यक्ष तुल्सादेबि श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत पबन अर्याल, जिल्ला समन्वय समिति सदस्य सम्सोदिन मिया, नेकपाका छत्रदेब अध्यक्ष रामलाल पराजुली, नेपाली कांग्रेसका संयोजक बालकृष्ण पोखरेल, जनमोर्चाका छत्रदेबका अध्यक्ष नेत्र प्रसाद गैरे, डा. वैभब पाण्डे, वडा अध्यक्ष कमल पौडेल, राजेश पन्थी, अशोक श्रेष्ठ लगायतले मन्तव्य राख्दै १५ शैयाको अस्पतालको शिलान्याशले छत्रदेबका झन्डै ३० हजार नागरिक लाभान्वित हुनेछन् ।
कार्यक्रम स्वास्थ्य संयोजक बुद्धिकृष्ण न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।