अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरणलाई सहज बनाउने भएको छ ।
सन्धिखर्क नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरणलाई सहज बनाउने उदेश्य अनुरुप जिल्लामा रहेका निजि तथा सरकारी बैकहरुसँग छलफल गरेको छ ।
छलफलमा नगरप्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटा, नगरपालिकाका शाखा अधिकृत मन्जु खनाल कृर्षि बिकास बैकका प्रमुख चिरञ्जीवी ब्स्याल सहितका बैकका प्रमुखहरुको उपस्थिती रहेको थियो ।