सन्धिखर्क – गाेरुसिङे सडकमा दुर्घटना न्युनिकरण बारेमा प्रशिक्षण दिदै प्रहरी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गाेरुसिङे सडक खण्ड लगायतका विभिन्न ठाउँमा सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई प्रहरीको दुर्घटना न्युनिकरण प्रशिक्षण जारी राखेको छ ।   
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा “ दुर्घटना न्युनिकरण लागी चालकसंग कुराकानी” अन्तर्गत आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सन्धिखर्क नगरपालिका वार्ड नं. १ पटुवाथुम सन्धिखर्क तम्घास सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट सितगंगा नगरपालिका वार्ड नं. ४ कोप्चेबास स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी सुपादेउराली स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक सह-चालक २ पटकमा ४० जना र सर्बसाधरण १ पटकमा ३० जना गरी ३ पटकमा ७० जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना न्युनिकरण, पहाडी जिल्लाका सडक हरु बढी अप्ठ्यारो हुने हुँदा हुन सक्ने सम्भाबित दुर्घटना सम्बन्धि जानकारी, सवारी दुर्घटना बाट बच्न सक्ने उपाए, आफ्नो सवारी साधनको यान्त्रिक अबस्था , हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।