अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखराथोकमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
पोखराथोकको आप्राकी ७१ वर्षीया पुतली नेपालीको आगो ताप्ने क्रममा जलेर मंगलबार बिहान मृत्यु भएको हो ।
घर एकलै बसोबास गदै आउनुभएकी नेपालीकी एक मात्र छोरी रहेको र उहाँको बिहे भएको र उहाँ सोही घरमा एकलै बसोबास गदै आउनुभएको सुचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।उहाँका अनुसार घरमा रहेको फलामको चुलोमा आगो थाप्दा कपडा जल्दा बिहान घटना स्थलमा मृत्यु भएको बताईएको छ ।यता घरमा एकलै भएकाले समयमै उद्वार नपाएको समेत बताईएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।