शितगंगामा १५ सैयाको आधारभूत अस्पतालको शिलान्यास भागवण्डा नमिल्दा हुन सकेन्

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा भागवण्डा नमिल्दा ठाडामा निर्माण गर्ने भनिएको १५ सैयाको आधारभूत अस्पतालको शिलान्यास हुन सकेन् ।  
ठाडामा निर्माण गर्ने भनिएको १५ सैयाको आधारभूत अस्पतालको सोमबार शिलान्यास गर्ने भनिएता पनि शितगंगा नगरपालिकाका जनप्रतिनिधी, राजनितिक दल बीच कहाँ बनाउने भन्ने भागवण्डा नमिल्दा हुन नसकेको हो ।
ठाडाको कुन ठाउँमा बनाउने कता बनाउने भन्नेमा भागवण्डा नगरपालिकाका जनप्रतिनिधी, राजनितिक दल बीच विवाद हुँदै आएको थियो । साथै अस्पताल निर्माणको लागि अहिलेसम्म जग्गा समेत छैन्, एक जनप्रतिनिधीले भने । सबैको आ-आफ्नो अडान छ, लाज नै भयो ति प्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा भने ।
सरकारले शिलान्यास गर्ने भनी १ महिना अगाडि घोषणा गरेता पनि यहाँ विवादले गर्दा कुनै तयारी समेत गरिएको थिएन् ।        
जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको  चिदिचौर मैदानमा, छत्रदेब गाउँपालिकाको बल्कोटमा र मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहको चोरकाटेको डाँडामा हिजो सोमबार एकै पटक १५ सैयाको आधारभूत अस्पताल निर्माणको शिलान्यास भएको थियो । 
उता जिल्लाभर एकै पटक १५ सैयाको आधारभूत अस्पताल निर्माणको शिलान्यास भएपनि आफ्नो नगरपालिकामा जनप्रतिनिधी, राजनितिक दल बीचको विवादका कारण सोमबार शिलान्यास नभएको भन्दै स्थानियबासीहरुले आक्रोसित भएका छन् । 
ठाडामा निर्माण गर्ने भनी ठाउँ तोकिएता पनि अहिलेसम्म बनाउने ठाउँ र शिलान्यास गर्ने मिती तोकिएको छैन् । 

अन्य समाचारहरु