अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा पढाई शुरु भएको छ ।
कोभिड–१९ का कारण गत चैत महिनादेखि बन्द रहेको पाणिनी बहुमुखी क्याम्पसका सबै कक्षामा सोमबारदेखि पढाई शुरु भएको हो ।
पाणिनी बहुमुखी क्याम्पसमा बिहान र दिउँसो का सबै कक्षाहरु सञ्चालन गरिएको छ । जसमा स्नातक तह तर्फ बिएड तेस्रो वर्ष, बिबिएस तेस्रो वर्ष, बिए पहिलो, दोस्रो र तेस्रो वर्ष, स्नातकोत्तर तहका एमएड पहिलो सेमेष्टर, एमबिएस पहिलो सेमेष्टर, तेस्रो सेमेष्टरका बिहान ७ बजेदेखि र बिएड प्रथम वर्ष र बिबिएस दोस्रो वर्षका दिउँसो १२ देखि सन्चालन हुने क्याम्पस प्रशासनले जानकारी दियो ।
यस्तै बिएड प्रथम वर्ष र बिबिएस दोस्रो वर्षका दिउँसोका कक्षा आईतबार, मंगलबार र बिहिबार मात्रा हुनेछन् । भने बिएड तेस्रो वर्ष, बिबिएस तेस्रो वर्ष, बिए पहिलो, दोस्रो र तेस्रो वर्षको बिहानी कक्षा सोमबार, बुधबार र शुक्रबार हुनेछन्न ।
त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीको कारण बन्द रहेको स्कुल क्याम्पस भौतिक रुपमा उपस्थिती गराई सञ्चालन गर्न निर्देशन अनुसार पाणिनी बहुमुखी क्याम्पसमा खुलेको हो ।
स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सबै कक्षा संचालन गरिएको क्याम्पस प्रशासनले बतायो ।
फोटो: लक्ष्मण खड्का