जुकेना, नरपानी, नुवाकोटको लात्तेबाजमा प्रहरीको दुर्घटना न्युनिकरणको सम्बन्धी अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको जुकेना, नरपानी, नुवाकोटको लात्तेबाजमा दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा “ दुर्घटना न्युनिकरण लागी चालकसंग कुराकानी” अन्तर्गत आज जिल्ला  कार्यालय बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले भुमिकास्थान नगरपालिका वार्ड नं. ४ नुवाकोटको लात्तेबाज स्थित सन्धिखर्क खिल्जी भित्रि कच्चि सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट सितगंगा नगरपालिका वार्ड नं. ५ जुकेना स्थित चाक्ला जुकेना भित्रि कच्चि सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक सह-चालक २ पटकमा २५ जना र सर्बसाधरण १ पटकमा ३५ जना गरी ३ पटकमा ६० जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना न्युनिकरण, पहाडी जिल्लाका सडक हरु बढी अप्ठ्यारो हुने हुँदा हुन सक्ने सम्भाबित दुर्घटना सम्बन्धि जानकारी, सवारी दुर्घटना बाट बच्न सक्ने उपाए, आफ्नो सवारी साधनको यान्त्रिक अबस्था , हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।