मालारानी – ३ को खनदह कार्यालयमा व्यक्तिगत घटना डिजिटाइजेशन गर्ने काम शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहको वार्ड कार्यालयमा सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटाना दर्ता अन्लाईन प्रणालीबाट सुभाराम्भ भएको छ। 
खनदहको वार्ड कार्यालयमा आज बिहीवारदेखि सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटाना दर्ता (डिजिटाइजेशन) अन्लाईन प्रणालीबाट सुभाराम्भ भएको हो ।
डिजिटाइजेशनको पहिलो सेवा सुभाराम्भ बाबुराम खनालकी छोरी प्रस्वी खनालको जन्मादर्ता लिएर भएको थियो । 
वडाअध्यक्ष शोखाभर खनालले शुभारम्भ गर्दै अनलाइन प्रणालीबाट दर्ताको काम शुरुवात भएको बताए । वडाबासीलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्न नयाँ अभ्यासको थालनी गरिएको बताए । नेपाली कांग्रेस मालारानी गाउँ कार्यसमितिका सभापति समेत रहेका खनालले वडाको विकास र समृद्धिको लागि योजनाबद्ध ढंगले काम भैरहेको बताए । वडाका हरेक विकास योजनाका काम द्रुत गतिमा अघि बढेको र छिटो छरितो एवं प्रभावकारी ढंगले अघि बढाउँदै मालारानी गाउँपालिकाको वडा नम्बर ३ लाई विकासमा नमूना वडाको रुपमा उभ्याउन आफु निरन्तर लागि परेको बताए ।
वडा सचिव कमल चौहानले सेवाग्रहीलाई सरल र सहज ढंगले सेवा प्रवाहका कामलाई प्रभावकारी बनाइएको उनले बताए । छिटो छरितो ढंगले काम गर्न आफुहरु कटिबद्ध रुपमा निरन्तर खटिरहेको वडा सचिव चौहानले बताए । शुभारम्भ कार्यक्रममा कान्तिपुर दैनिकका उप–सम्पादक तथा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसी, वडा कार्यालयका कर्मचारी सुना पोखरेल, तारा पुन र भुवन खनाल लगायतको उपस्थिति रहेको थियो ।
वार्डले जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका घटना डिजिटल प्रविधिमा राख्न लागेको हो । डिजिटाइजेशनको वडाअध्यक्ष शोभाकार खनालले एक कार्यक्रमका बीच सुभाराम्भ गर्नु भएको थियो । 
वार्डमा पाँचै किसिमका व्यक्तिगत घटना दर्ताको काम डिजिटल प्रविधिमा राख्ने काम शुरु गरेको छ । जसमा ‘जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका घटनालाई अब व्यवस्थित गर्न लागेको हो ।
हालसम्म कर्मचारीले रजिस्टरमा दर्ता गर्ने प्रणाली प्रयोग गर्दै आएका छन् ।
विद्युतीय प्रविधिबाट काम सुरु गरेपछि बालबालिका, युवा, महिला र वृद्धवृद्धा सबै नागरिकका सूचनासमेत व्यवस्थित हुने नगरपालिकाको भनाई छ ।