सुबर्णखाल- मोन्द्रे सडक, नरपानीको सालाकारुख, खनदहमा प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानीको सालाकारुख, सन्धिखर्क- खनदह भित्रि सडक खण्ड, सुबर्णखाल- मोन्द्रे भित्रि कच्चि सडकमा दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा “ दुर्घटना न्युनिकरण लागी चालकसंग कुराकानी” अन्तर्गत आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सन्धिखर्क नगरपालिका वार्ड नं  १ नरपानीको सालाकारुख स्थित सन्धिखर्क- खनदह भित्रि सडक खण्ड, अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट सितगंगा नगरपालिका वार्ड नं. १ धारा स्थित सुबर्णखाल- मोन्द्रे भित्रि कच्चि सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक सह-चालक २ पटकमा ३० जना र सर्बसाधरण १ पटकमा ४० जना गरी ३ पटकमा ७० जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना न्युनिकरण, पहाडी जिल्लाका सडक हरु बढी अप्ठ्यारो हुने हुँदा हुन सक्ने सम्भाबित दुर्घटना , दुर्घटना बाट बच्नको लागी अपनाउनु पर्ने शाब्धानि सम्बन्धि जानकारी, सवारी दुर्घटना बाट बच्न सक्ने उपाए, आफ्नो सवारी साधनको यान्त्रिक अबस्था , हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।