नरपानीमा बाताबरण र पर्टयन बिच अन्तरसम्बन्ध बिषयक नगरस्तरिय अन्तरक्रिया सम्पन्न (फोटो भिडियो सहित)

वसन्त खड्का/ केशवराज ज्ञवाली
नरपानी ,अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नरपानीमा “बाताबरण र पर्यटन बिच अन्तरसम्बन्ध ” बिसयमा नगरस्तरिय अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।
“खाँचिकोट नरपानी बाताबरण सरोकार समुहको “आयोजनामा  भएको उक्त कार्यक्रममा बक्ताहरुले चुनढुङ्गा उत्खननको कारण त्यस क्षेत्रमा प्रदुषण बडेको भन्दै उत्खनन तत्काल रोकनुपर्नेमा जोड दिए ।
कार्यक्रमको बारेमा अभियन्ता पदम के सि ले प्रकाश पारे पछि मन्तब्य राख्दै स. न. पा. ७ का रा . ज . मो . अध्यक्ष दिलदार हुसेनले उत्खनन बन्द गर्नुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेस वार्ड ७ का सदस्य गोपाल भुसालले पनि चुनढुङ्गा मागिखाने भाडो भएको भन्दै उत्खनन् बन्द गरेर प्राकृतिक सुन्दरता जोगाउनु परेमा जोड दिए ।
नेपाली काङ्ग्रेस सन्धिखर्क ६ का सभापति बुद्दी न्यौपानेले नरपानीका जनता एकजुट भएर प्राकृतिक बिनाश रोक्दा खाँचिकोटका जनताले किन नसक्ने? भन्दै एकजुट भएर लाग्न आग्रह गरे ।
अभियन्ता बिष्णु थापाले आर्थिक प्रगती उद्योग बाट कि पर्यटनबाट पहिला निचोडमा पुग्नुपर्ने भन्दै सिद्धान्त र व्यबहार बिच तालमेल हुनुपर्नेमा जोड दिए ।उनले “समाज बिगार्न बिधालय बिगार्नु पर्छ ” भन्ने उदाहरणको प्रयोग समाजले गरिरहेको बताउदै प्रकृतिले निशुल्क दिएको सुन्दर उपहार हामी आफ्नै कारणले बिनाश तर्फ लैजादै गरेकोमा चिन्ता प्रकट गरे ।
सन्धिखर्क ७ का वार्ड सदस्य बिष्णु भुसालले तिनपाने लेक खाँचिकोटको मात्र नभएर जिल्लाकै सम्पती भएको बताउदै एकजुट भएर लागि परे उत्खनन रोक्न सकिने बताए । उनले सरकारलाइ नालायक भन्दै एकातिर पर्यटकीय स्थल घोषणा गर्ने अर्काेतिर खानी उत्खनन गर्न लाइसेन्स दिने यो खेल देखेर आफू रहस्यमा परेको बताए ।वार्ड प्रतिनिधिको हैसियतमा बोल्दै आफ्नो वार्डबाट खानी सम्बन्धी कुनै सिफारिस नभएको बताए । कसैको ब्यक्तिगत सङ्लनता बारे आफू जानकार नभएको भन्दै यदि तेसो भने त्यो गलत भएको बताए ।
आदर्श मा. बि .खाँचिकोट का प्रधानाध्यापक डिल्ली थापाले पर्यटन र बाताबरण बिच अन्योन्याश्रीत सम्बन्ध भएको बताउदै चुनढुङ्गा उत्खननको बिरोध गरे । उत्खननकर्ताले इ .आइ. ए. मापदण्ड पालना पनि नगरेको भन्दै यो कार्यबाट प्रकृतिको बिनाश मात्रै भएको बताए।
यस्तै कार्यक्रममा बोल्दै सन्धिखर्क ६ का वार्ड अध्यक्ष कृष्ण आचार्यले आफुहरु खाँचिकोटका जनतालाइ सहयोग गर्न आतुर भएको बताए ।चुनढुंगाको भन्दा धेरै लाभ पर्यटन र जडिबुटी बाट लिन सकिने भन्दै प्राकृतिक सुन्दरता बचाउन उत्खनन् रोक्न पर्नेमा जोड दिए ।
कार्यक्रममा जनमोर्चा नगर अधक्ष कमल घिमिरेले पनि उत्खनन् बन्द गर्नुपर्नेमा जोद दिए ।
नेपाली काङ्ग्रेस सन्धिखर्क नगर सभापति बिनोद आचार्यले विभिन्न उदाहरण पेश गर्दै बाताबरण बचाउनुपर्नेमा जोड दिए ।आफुलाइ बिबेकशिल प्राणी भन्ने मानिसले पनि भबिस्यको ख्याल नराखेकोमा उनले चिन्ता ब्यक्त गरे । बेलैमा सचेत नभए ठूलो क्षति हुने भन्दै उनले त्यस क्षेत्रका जनताको साथमा आफू लाग्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती नगर प्रमुख कमल भुसालले बाताबरणको बिनाश चुनढुङ्गा उत्खननले मात्र नभई हामी सबै मिलेर बिगारिरहेका छौँ  भने । उनले सरकार संग लाइसेन्स लिएर जग्गा लिजमा लिएको कम्पनिको कार्य नगर स्तरिय निर्णय गराइ रोकाबट गर्न नीति नियमले नदिने भन्दै फरक तरिकाबाट त्यसको संरक्षणको पहल गर्नु पर्नेमा जोड दिए । आफू ब्यक्तिगत तबरमा जस्तोसुकै सहयोग गर्न तयार भएको बताउदै सान्स्कृतिक र पर्यटकिय संरचनाको बिकास गर्दै खानि क्षेत्र खुम्च्याउनु पर्नेमा जोड दिए । उनले वरिपरि पर्यटनकिय स्थल ,धार्मिक स्थल हरुको बिकास र बिस्तार गर्दै खानी क्षेत्र सिमित भएमा उत्खननकर्ता आफै छोडेर जाने बताए ।
कार्यक्रमको अध्यक्षता बाताबरण सम्बन्धि अभियन्ता पदम के. सि. ले गरेका थिए भने संचालन     गणेश थापाले गरेका थिए।उक्त कार्यक्रममा प्रमुख अथिती कमल प्रसाद भुसाल र बिशेष अथितीमा शेर बहदुर बि. सि. , लगायत अन्य गन्यमान्य ब्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा बोल्ने सबै बक्ताहरुले चुनढुङ्गा उत्खनन् रोक्नुपर्नेमा जोड दिएका थिए ।
फोटो:- बसन्त खड्का