दामे भनिने सागर शाही ठाकुरी र पबित्रा आचार्य(भारती)
धुर्वराज आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको लौरीका एक युवाले तीन लाख साठी हजार नगद र गरगहना सहित एक महिलालाई भगाएर फरार भएका छन् ।
सिद्धाराको लौरीका जीत बहादुर ठाकुरीको छोरा ३० वर्षिय दामे भनिने सागर शाही ठाकुरीले तीन लाख साठी हजार नगद र गरगहना सहित कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका वार्ड नंं ९ इमिलिया बस्ने श्याम भारतीकी ३२ वर्षिया श्रीमती पबित्रा आचार्य(भारती) लाई भगाएर फरार भएका हुन् । पबित्राको माइती गाउँ पनि सिद्धारा हो ।
सागरले गत वर्ष जेठ १५ गते श्याम भारतीकी ३२ वर्षिया श्रीमती पबित्रा आचार्य(भारती)लाई लिएर फरार भएका थिए । पवित्राले २ जना नाबालक बच्चाहरु ७ बर्षकी छोरी शिवानी भारती, ४ बर्ष छोरा शिवम भारतीलाई छोडेर अर्कैसँग गएपछि उनिहरुको बिचल्ली भएको छ ।
श्रीमान श्याम भारती, ४ बर्ष छोरा शिवम भारती र ७ बर्षकी छोरी शिवानी भारती
श्रीमान श्याम भारतीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार २०७६ साल जेष्ठ १२ गते घरबाट भगाई ती महिलालाई भारतको दिल्ली- पन्जाव- हिमाचल हुँदै गुडगाव पुर्याएको थियो । त्यहाँ रहेको नेपाली एकता समाजले पक्राउ गरि सोधपुछ गर्दा ती महिलाले आफुलाई ललाई फकाई गरि भगाएको र आफू घर जान चाहेको बताएपछि एकता समाजले उद्दार गरि नेपाल पठाएको थियो। घरमा आइ ३ महीना घरमा बसेपछि पुनः सोही ब्यक्ति “दामोदर शाही ” सँग फरार भएकी छन् । सो कार्यमा सहयोग गर्ने अर्को ब्यक्ति प्रेम भण्डारी पनि रहेको पिडित श्याम भारती बताउछन् । भारतबाट आएको गोप्य सुचना अनुसार उनिहरु पछिल्लो पटक दिल्ली र आगराको बिचमा रहेको खुल्न आएको छ । तर निश्चित लोकेसन भने पत्तालाग्न सकिरहेको छैन् ।
यस्तै पीडित श्याम भारतीको भनाई अनुसार उनलाई पटकपटक फोनमा ज्यान मार्ने धम्की समेत आउने गरेको बताएका छन् । पीडित श्याम भारतीले श्रीमती लापता हुने बित्तिकै २०७६/२/ १५ गते ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा उजुरी समेत दर्ता गराएका थिए । सोही अनुरुप प्रहरीले खोजी कार्यमा सहयोग गरिदिन सर्बसाधारणमा अनुरोध समेत गरेको छ । पीडित श्याम भारतीले समेत पटक-पटक भारत र नेपालका साथीभाईलाई खोजी गरिदिन आग्रह गरिरहेका छन। अहिले आएर बच्चाहरुको समेत फोटो राखी अर्घाखाँचीडट्कमलाई समचार प्रकासित गरिदिन अनुरोध गरेका छन् । उनको भनाइ अनुसार श्रीमती पबित्रा आचार्य ( भारती ) को माइती गाउँ र भगाउने दुबै जना ब्यक्ति दामोदर शाही सिद्धाराको र प्रेम भण्डारी दाङ्ग घोराहीको रहेको बताएका छन् ।
उजुरी:-