सितापुर, हिले खोला, बल्कोट सडक, नरपानीमा प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनक के.सी /अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगाको हिले खोला,  सितापुर, सन्धिखर्क- बल्कोट भित्रि सडक खण्ड, नरपानी सडकमा दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा “ दुर्घटना न्युनिकरण लागी चालकसंग कुराकानी” अन्तर्गत आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सन्धिखर्क नगरपालिका वार्ड नं १ च्यानडाँडा  स्थित सन्धिखर्क- बाल्कोट भित्रि कच्चि सडक खण्ड, अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट सितगंगा नगरपालिका वार्ड नं. २ सितापुर स्थित गोरुसिङगे- सन्धिखर्क पक्कि सडक खण्डमा , अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी बाट सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित गोरुसिङगे सन्धिखर्क पक्कि सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक सह-चालक २ पटकमा २५ जना र सर्बसाधरण ३ पटकमा ५०  जना गरी ५  पटकमा ७५ जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना न्युनिकरण, पहाडी जिल्लाका सडक हरु बढी अप्ठ्यारो हुने हुँदा हुन सक्ने सम्भाबित दुर्घटना , दुर्घटना बाट बच्नको लागी अपनाउनु पर्ने शाब्धानि सम्बन्धि जानकारी, ओभर स्पिड,ओभर लोड,सवारी साधनको यान्त्रिक अबस्थाको कारण हुने सवारी दुर्घटना सम्बन्धि जानकारी ,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।