राजा आऊ, देश बचाऊ | चितवनमा राजतन्त्रको माग गर्दै हजारौंको प्रदर्शन

हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले शनिबार चितवनमा प्रदर्शन गरेका छन्।
हिन्दुराष्ट्र नेपाल र राजतन्त्रको माग गर्दै हजारौं समर्थकहरूले ‍र्‍यालीमा सहभागिता जनाएका हुन्।
भरतपुरस्थित केन्द्रीय बसपार्कबाट सुरू भएको र्‍याली हाकिमचोक, चौबिसकोठी, नारायणगढ, आँपटारी, बाइपासरोड हुँदै पुन: केन्द्रीय बसपार्क पुगेर टुंगिएको थियो। प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए । 
सहभागीहरुले सरकार, भ्रष्टाचार, गणतन्त्र, धर्मनिरपेक्षता र संघीता विरोधी नारा लगाएका थिए।