जलुके कृषि तथा पशु विकास महिला सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

संगम बेल्बासे
जलुके,  अर्घाखाँची । जलुके कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ८ लाहापेमा रहेको जलुके कृषि तथा पशु विकास महिला सहकारी संस्था सञ्चालन भएको तेस्रो वर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कार्यक्रममा सहकारी संस्थाको अध्यक्ष गीता केसीले वार्षिक प्रगति प्रतिवेदन गर्नु भएको थियो । त्यस्तै सहकारीको व्यवस्थापक मधु रानाले लेखा परीक्षण रिपोट प्रस्तुत गर्नु भयो ।
संस्थाको गत आर्थिक वर्ष २०७६/०७७ मा भएको ९९ लाख ६९ हजार ६ सयको कारोबारमा नाफा २ लाख ७ हजार रुपैया रहेको छ । २०७३ सालमा दर्ता भएको यस संस्थामा हाल ४ सय ८६ जना सेयर सदस्य रहेका छन् । त्यस्तै ६ ओटा मुल समूह रहेको उक्त सहकारीको २० ओटा उप समूहहरु छ्न ।
शान्ता श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी तथा वडा नं. ८ का अध्यक्ष रुकेश आलेले सहकारी मार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको छ । सबै महिला दिदिबहिनीहरु लाई आर्थिक समृद्धिको अभियानमा लाग्न अध्यक्ष आलेले आग्रह गर्नुभयो ।
सहकारीमा आवद्ध शेयर सदस्यहरु मिलेर अगाडी बढे सफल हुन सकिने उहाँको भनाइ छ । बेरोजगारीहरुलाई उद्यमशील बनाउनको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमलाई विशेष प्राथमिकताको साथ नगरले लगानी गरिरहेको बताउँदै सबै वडाबासीलाई सहकारीमा आबद्ध हुन आग्रह गर्नुभयो । सहकारी मार्फत अनुदान वितरणको कार्यक्रम भएकाले सबै शेयर सदस्यको आयआर्जन वृद्धि गर्न सकिने उहाँ बताउनु भयो ।
जलुके कृषि तथा पशु विकास महिला सहकारी संस्थाको अध्यक्ष गीता केसीको अध्यक्षता रहेको कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक प्रेम कुमार स्याम्बयो, हेफर हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत राधा कृष्ण शर्मा, केशव भुसाल, सोही वडाका वडा सदस्य अर्चना राना, वडा सदस्य जवानसरी सुनार, अस्थायी प्रहरी चौकी सातमाराका प्रहरी हवलदार गरिबलाल चौधरी, गणेश लामिछाने, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरू लगायतको उपस्थीति रहेको थियो भने कार्यक्रमको संचालन विष्णु विकले गर्नुभएको थियो ।

अन्य समाचारहरु