सन्धिखर्कका ३ वटा वार्ड जोड्ने वाङ्लाको रिठेखोलामा पुल निर्माण, मेयरद्धारा उद्घाटन

प्रेमनारायण आचार्य
रिठेखोला, सन्धिखर्क २० मंसीर । सन्धिखर्क नगरपालिका वार्ड नम्वर ३,४ र ६ लाई जोड्ने गरी वाङ्लाको रिठेखोलामा पुल निर्माण भएको छ । 
३ वटा वडाका स्थानीयहरुलाई लक्षित गरी निर्माण गरिएको  पुलको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्धाटन गर्नु भएको छ । 
उद्धाटन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले विबास निर्माणका योजनाहरु गुणस्तरीय बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले उपभोक्ता समिति तथा गैर सरकारी सस्थाहरुले निर्माण गर्ने काम पारदर्शी तबरले सम्पन्न गर्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता लिलाराम गौतम, वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, ग्रामीण तथा स्वास्थ्य विकास केन्द्रका अध्यक्ष ठाकुर प्रसाद अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य मानवहादुर सुनार, वडा सदस्यहरु शिवमाया आचार्य, हुमलाल श्रेष्ठ, लोचनादेवी सुनार पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सहसचिव अनिल नेपाली लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रम रिठेखोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाको अध्यक्षता र पदम भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु