राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर | झापामा राजसंस्थाको पक्षमा विशाल प्रदर्शन

झापा-  राजसंस्था र हिन्दुराष्ट्र स्थापनासाथै र संघीयता खारेजीको माग गर्दै शनिबार प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका छन्।
उनीहरूले विशाल मोटर तथा मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन्।
राप्रपा झापाको आयोजनामा भएको प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए।
दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्‍याली प्रारम्भ भएको थियो।
ठूलो संख्यामा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए।
प्रदर्शनका क्रममा बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिबारको प्रदर्शन शुरुवात मात्र भएको चेतावनी दिए।
उनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’ देशसन्चारमा समाचार छ ।