खाँचीकोटको डिहिडाँडामा एक जना भुतपुर्ब कर्मचारी झुन्डिएरको अवस्थामा मृत फेला

अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिहिडाँडामा जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीका भुतपुर्ब कर्मचारी झुन्डिएरको अवस्थामा मृत फेला परेका छन् । 
खाँचीकोटको डिहिडाँडाका ६१ वर्षिय ठाकुर प्रसाद चुंदाली आफ्नो घर नजिकै रहेको चिउरीको बोटमा झुन्डिएरको अवस्थामा मृत फेला परेका हुन् ।
चुंदालीलाई आज बिहान करिब सात बजेको समयमा आफ्नो घर नजिकै को चिउरीको बोटमा झुन्डिएको अवस्थामा फेला पारीएको थियो । प्रहरीले आत्महत्या गरेको बताएको छ । 
प्रहरीद्वारा आवस्यक प्रक्रिया पूरा गरि पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको छ ।
जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीबाट अवकाश लिएका मृतक ठाकुर लामो समयदेखि मानसिक रोगले ग्रसित रहेका र औषधी लिईरहेका थिए । 
मृतकका एक छोरा र २ छोरी रहेका छन् भने दुबै छोरीको बिबाह समेत भैसकेको छ । 
बिगत केही बर्ष यता अर्घाखाँचीमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ ।

अन्य समाचारहरु