अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा मसाल निकट अखिल नेपाल महिला संघले महिला हिंसा विरुद्ध जिल्ला प्रशासन ज्ञापनपत्र बुझाएको छ ।
अखिल नेपाल महिला संघले आईतबार महिला हिंसा विरुद्ध जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको हो ।
अखिल नेपाल महिला संघको टोलीले प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई भेटी ज्ञापनपत्र बुझाएको थियो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा महिला हिंसालाई गम्भीर रूपमा लिएर त्यसलाई तत्कालै रोक्न तथा महिला समानताको पक्षमा ठोस कदम उठाउन आग्रह गरिएको बताइएको छ ।