डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ५ मैदानमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक बर्ष २५ नोभेम्वर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिनेअभियान मनाउने गरिएको छ । महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक वाँच्न पाउने हकअधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैगिक समानता कायम गर्न नेपालमा २०५४ साल देखियस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।
पाणिनी गाँउ पालिका वडा नं ५ मा सम्पन्न एक दिवसीय अन्तरक्रिया कार्यक्रममा पाणिनी पर्यटन समाज अर्घाखाँची का सदस्य एवंएम्बुलेंस संचालन उप-समितिका व्यवस्थापक रोमाकान्त भट्टराईको अध्यक्षता,पाणिनी गाँउ पालिका वडा नं ५ वडा अध्यक्ष जीवलालघिमिरेको प्रमुख आथित्यता,समाजसेवी जीवनारायण कोईरालाको विशिष्ट आथित्यता,वडा सदस्य ईश्वरा केसी,पार्वता सुनार,विभिन्नसंघ सस्थाका पदाधिकारी महिलाको आथित्यतामा सम्पन्न भएको कार्यक्रम आलमदेवी महिला वचत तथा ऋण सहकारी संस्थाकोसभाहलमा पाणिनी पर्यटन समाज का सदस्य खुम वहादुर सु्र्यवंशीको स्वागत मंतव्य,पाणिनी पर्यटन समाज अर्घाखाँची का अध्यक्ष झविन सुनामको संचालनमा भएको थियो ।
पाणिनी गाँउ पालिका वडा नं ५ स्थित ४७ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा सुभ कामना मन्तव्य राख्दै पाणिनी गाँउ पालिका५ का वडा अध्यक्ष जीवलाल घिमिरेले १६ दिने अभियान को वारेमा वताउदै आयोजक संस्था पाणिनी पर्यटन समाजलाई धन्यवाद ज्ञापनगर्नु भएको थियो ।
यस्तै विशिष्ट अथिती जीवनारायण कोईरालाले पाणिनी पर्यटन समाजले यस्ता कार्यक्रम ल्याएर सचेतना फैलाएकोप्रति खुलेर प्रशंसा गर्दै कोहीपनि हिंसा सहेर नवस्न आग्रह गर्नु भएको थियो ।यस्तै वडा सदस्य ईश्वरा केसी,पार्वता सुनार, स्थानीयसमाजसेवी धनिश्वरा घिमिरे,पार्वता घिमिरे लगायतले सुभ कामना मन्तव्य राख्दै लैंगिक हिंसा गर्ने र सहने प्रवृत्ति राख्नु हुदैन भन्ने साझाविचार राख्नु भएको थियो ।
– तस्वीर / डिआरजी सुमन/अर्घाखाँची डटकम् ।