डिभर्नाको कुसुन्नेका आगलागी पिडितलाई राहात प्रदान

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) २१ मंसीर  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर १२ डिभर्नाको कुसुन्नेका आगोलागि पिडितलाई राहात प्रदान गरिएको छ । 
आगोलागीले स्थानीय ज्ञानबहादुर कुमाल र डम्मरबहादुर कुमालका २ घर परिवार घरबार बिहीन भएका छन् । आगोलागीमा घरमा भएका लत्ताकपडा , अन्नपात, तथा बस्तुभाउ गरी १द्द लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताउनु भयो । आगोलागीमा परेर २ भैसी, २ गोरु र १ वटा बाख्रो समेत मरेको छ । 
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल र जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक विष्णु पौडेल सहित सुरक्षा निकायका प्रमुखहरुको टोली आगोलागी भएको स्थान डिभर्नाको कुसुन्डेमा पुगेर २ घर  परिवारलाई राहात प्रदान गरेको हो । २ घर परिवारलाई २० हजार नगद, खाद्यान्न, त्रिपाल र कम्बल लगायतका राहात सामाग्री प्रदान गरिएको हो । 
कार्यक्रममा सनिधखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक रामकृष्ण महर्जन, अनुसन्धान अधिकृत विनय चतुर्वेदी, सन्धिखर्क नगरपालिका वडा नम्वर १२ का अध्यक्ष नारायण खड्का, वडा सदस्य बाबुराम बस्याल, हिमकला टमाटा, पत्रकार महांघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु