प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २१ मंसीर । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कृषकहरुलाई च्याउको बिउ बितरण गर्न शुरु गरेको छ ।
कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा च्याउको बिउ बितरण गर्न शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनु भयो ।
कृषकहरुलाई च्याउको बिउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृषिको बिकास बिना आर्थिक समृद्धि नहुने भएकाले च्याउको बिउ बितरण गरेको बताउनु भयो । उहाँले उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।
कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।