अर्घाखाँचीमा मालपोत कार्यालय बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला मालपोत कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालयको नियमित सेवा बन्द भएको छ । 
मालपोत कार्यालय अर्घाखाँचीमा कार्यरत एकजना कर्मचारी कोरोना संक्रमण भएपछि मंसिर २९ गतेसम्म कार्यालयको नियमित सबै सेवा बन्द गरिएको हो । 
ति कर्मचारीलाई केही समयदेखि स्वास्थ्यमा समस्या भई मंसिर २१ गते पि .सि .आर परिक्षण गराउदा नतिजा पाेजेटिभ देखिएकाे थियो ।
कार्यालयबाट संचालन हुँदै आइरहेका सबै प्रकारका सेवाहरू मंसिर २९ गतेसम्मकाे लागि बन्द रहने मालपोत कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।