अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको किमडाँडा सडक, ढाकावाङ सडक, ठाडाको कोप्चेबास सडकमा दुर्घटना न्युनिकरणको लागी चालकसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा “ दुर्घटना न्युनिकरण लागी चालकसंग कुराकानी” अन्तर्गत आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सन्धिखर्क नगरपालिका वार्ड नं ८ किमडाँडा स्थित सन्धिखर्क- ढाकावाङ भित्रि कच्चि सडक खण्ड, अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा बाट सितगंगा नगरपालिका वार्ड नं. ४ कोप्चेबास स्थित गोरुसिङगे- सन्धिखर्क पक्कि सडक खण्डमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले चालक सह-चालक २ पटकमा ४५ जना र सर्बसाधरण २ पटकमा ६५ जना गरी ४ पटकमा ११० जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना न्युनिकरण, पहाडी जिल्लाका सडक हरु बढी अप्ठ्यारो हुने हुँदा हुन सक्ने सम्भाबित दुर्घटना , दुर्घटना बाट बच्नको लागी अपनाउनु पर्ने शाब्धानि सम्बन्धि जानकारी, ओभर स्पिड,ओभर लोड,सवारी साधनको यान्त्रिक अबस्थाको कारण हुने सवारी दुर्घटना सम्बन्धि जानकारी ,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो ।
सोही अवसरमा बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।