चुत्राबेसी र सन्धिखर्क बजार दुर्गन्धित बन्दै, रोगको संक्रमण बढ्ने खतरा

दीपेन्द्र पौडेल / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । फोहर व्यवस्थापन गर्न नसक्दा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेसी बजारका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । 
सन्धिखर्क बजार, बाँगी खोला, चुत्रावेसीको घोचेखोला मसाल बाजार लगायत स्थानमा घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । 
खोला, चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिन सक्नुभएको छ । 
फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन् । 
उता नगरपालिकाले सर्वसाधारण नागरिकलाई जथाभावी फोहर नमिल्काउन आग्रह गरेको छ  ।