अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क बजारलाई व्यवस्थापन गर्ने सम्बन्धमा सराेकारवाला विच छलफल भएको छ ।
सन्धिखर्क नगरपालिकालाई सफा सुन्दर, हराभरा रमणीय ब्यबस्थित शहर बनाउने बिषयमा अन्तरक्रिया सन्धिखर्कमा सम्पन्न भएको हो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटा, साहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष नेत्र भुसाल सामाजिक अभियान्ता प्रेमनारायण गैरे लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।