हृदय भुसाल
अर्घाखाँची २१ मंसिर । १० बर्षे जनयुद्धमा मुलुकको परिवर्तनका खातिर लड्दा लड्दै युद्धकै क्रम २०६१ सालमा शहिद वनेका अर्घाखाँचीका भिम बहादुर खड्काकी छोरी पुस्पा खड्का र कैलालीका श्यान सुन्दर सापकोटाका भाई भाई रोषन सापकोटा आईतवार बैवाहिक जिवनमा वाँधिएका छन् ।
विहे गर्नका लागी वुटवलको एक होटलमा निकै साधा पोसाकमा वेहुला बेहुली सहित भण्डा ब्यानर,खादा र टिका मात्र लिएर नेकपाका केन्द्र देखि जिल्लाका नेताहरु उपस्थित भए उनीहरुले लामो समय पछि प्रगतिशिल बिवाहको आयोजना गर्न पाउँदा निकै खुसि लागेको बताए ।
करिव एक दशक यता कमै मात्रामा हुन थालेको प्रगतीशिल विवाह अहिले यसरी नयाँ पुस्ताका युवा युवतीहरुले आफनै प्रस्तावमा गरिएको विहे आफैमा प्रसंसनिय छ । यसरी युवाहरुमा प्रगतिशिल भावनाको बिकास भएको मा खुसी लागेको सहभागीहरुले बताए । प्रगतीशिल बिबाह कार्यक्रमको प्रमुख अथिती एवम पुर्व सभामुख अनसरी घर्तिले नवजोडीलाई सुखद एवम सफल दामपत्य जिवनको शुभकामना ब्यतm गर्दे प्रगतिशिल सोच विचारले नै समाजलाई बदल्ने बताईन ् । नेकपा लुम्विनी प्रदेश अध्यक्ष समेत रहेकी घर्तिले पार्टीले सञ्चालन गरेको जनयुद्धको क्रममा शहिद वनेका दुवै शहिद परिवारका सदस्यहरुको विवाहले साच्चिकै बर्गिए भावना झल्केको बताईन् । उनले भनिन, ‘म आज खुसी छु,हामीहरुले यसरी नै समाजलाई वदल्ने हो,गलतखालका पुँजीवादी सस्कृतीलाई हटाउनु पर्छ,विकृती विसगती र परिवर्तनको खातिर लड्ने शहिदहरुको सपना पुरा गर्न यस्ता कार्यलेथप सहयोग गर्नेछ,पार्टीले सधै सहिद परिवार ले प्रगतिशिल कार्यमा साथ सहयोग गर्ने बताएन्, ।
उतm बिवाहमा खुसी अनुहारमा उपस्थिती भएका दुलाहादुलहीले आफुहरु जनयुद्धको प्रभाबबाट नै प्रगतीशिल विहे गर्ने निर्णय गरेको बताए । उनीहरुले भने‘शहिद अबिभावकले देखाएको बाटोलाई जस्तो सुकै मुल्य चुकाएर भए पनि पुरा गर्ने भन्दै पुजीवादी समाजमा प्रगतीशिल विवाह पनि एउटा क्रान्ती भएको वताए’ ।
प्रगतीशिल बिवाहमा नेकपा केन्दिय सदस्य तथा संसद द्धय ददिराम न्यौपाने,वसन्त घर्ति,लुम्विनी प्रदेशका सामाजिक बिकास मन्त्री सुर्दशन ढकाल, नेकपा रुपन्देही जिल्ला कमिटी सचिव निर्मल जिसी लगाएतका नेताहरुले सफल दामपत्य जिवनको शुभकामना ब्यतm गरेका थिए । प्रगतीशिल विबाहमा केटी पक्षको तर्फवाट आमा रिता खड्का र केटा पक्षको तर्फवाट दाजु अर्जुन सापकोटाले मनतव्य राखेका थिए ।
औपचारिक रुपमा सञ्चालन भएको प्रगतीशिल बिवाह कार्यक्रमको नेकपा अर्घाखाँची जिल्ला सचिव तथा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता,नेकपा जिल्ला सदस्य तथा केटीका दाजु बिशाल खड्काको सञ्चालन तथा झविन्द्र थापाको स्वागत मनतब्यमा सम्पन्न भएको थियो ।
पछिल्लो समय सामाजिक संस्कारको हवला दिदै पुँजी वादी चिन्तन वोकेका ब्यतmीहरु कसैले सकेर त कसैले वाध्यताले निकै तडक भड्क रु महङो र भड्किलो विहेहरु भईरहेका हामीहरु भईरहेको देखेका छौ । हाम्रो समाजका आर्थिक अवस्था कमजोर हुने परिवारलाई यस्तो खालको सामाजिक संस्कृतिले निकै समस्या पार्दे आएको धेरैले बताउछन ्यस्तो खालको संस्कारलाई चुनौती दिने प्रगतीशिल विबाहले बर्गिय समानताको भाव वोकेको छ ।